• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भोलि देउवाको गृहजिल्ला पुग्दै रास्वपा वरिष्ठ नेता शाह


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ माघ । रास्वपाका वरिष्ठ नेता बालेन शाह यतिवेला चुनावी अभियानको क्रममा सुदूरपश्चिममा छन् ।

उनी भोलि विहानै डडेलधुरा पुग्ने भएका छन् । विहान साँढे ९ बजे उनी पार्टी सम्पर्क कार्यालय महेश्वरी पुग्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, भोलि अपरान्ह साँढे १२ बजे भने बैतडीको पाटनमा पुग्ने कार्यक्रम छ ।

साँझ ४ बजे भने दार्चुला पुग्ने भनिएको छ । शाह राति ८ बजेमात्रै बझाङको बुइङ्गल पुग्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖