• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सीके राउतसहित ३ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार रहेका सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।यस्तै, काठमाडौं–५ बाट उमेदवार बनेकी अधिकारीविरुद्ध विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सकिने व्यहोराको विवरण पठाएको भन्ने उजुरी आयोगमा परेको छ ।

तीनैजनालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।
निर्वाचन आचारसंहिताविपरीतको गतिविधि गरेको भन्दै आयोगले हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖