• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

डिस्चार्ज हुँदै रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज डिस्चार्ज हुँदैछन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लामिछानेलाई आज डिस्चार्ज गर्ने तयारी भएको हो ।

यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।

त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖