• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेनका सहयोगी बेहोस,चोरी र लुटपाट बढ्याे


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ का उम्मेदवार बालेन्द्र (बालेन) साहको चुनावी प्रचारमा हिँडेका एक व्यक्ति बेहोस भएर ढलेका छन् ।

बालेनसँगै काठमाडौँबाट सुदूरपश्चिमको यात्रामा गएका ४४ वर्षीय दिनेश सिटौला चुनाव प्रचारका क्रममा आज बिहान अछाममा बेहोस भएका हुन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।

यता, बालेन सहभागी कार्यक्रममा चोरी र लुटपाटका घटना बढेको भन्दै प्रहरीले सर्वसाधारणलाई सतर्क गराएको छ । बालेनलाई हेर्नका लागि अछाम र कञ्चनपुरमा उर्लिएको भिडमा आधा दर्जनभन्दा बढीको सिक्री र मोबाइल चोरी भएको बताइएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भीडमा जानुभन्दा अघि आफ्नो सामानहरु सुरक्षित रुपमाले राख्न सबैलाई सूचित गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖