• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव भए नेकपा पहिलो बन्नसक्छ :प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निस्पक्ष र धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने दाबी गरेका छन् । आज कुम पूर्व–काठमाडौं सम्पर्कको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।

दाहालले भने,‘देशमा निर्वाचनको माहोलमा बन्दै गइरहेको छ। एकसरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको थिए। नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ नयाँ भन्नेको हावा चलेकै छ। तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना छ।’

सो क्रममा दाहालले देशमा विकासको एउटा नयाँ मोडल दिनसक्नुपर्ने बताए । उनले आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा थालेको भ्रष्टाचारविरोधी अभियान अधुरै रहेको पनि बताए । त्यसलाई पूरा गर्नको लागि पनि नेकपा बलियो भएर आउनुपर्ने बताए । उनले भने,‘हामीले विकासको एउटा नयाँ मोडेल दिन सकिएन भने हाम्रो यात्रा, सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपना अधुरै हुने खतरा छ। त्यसकारण हामी समुदायमा आधारित समाजवादको मोडेल खडा गर्नु छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖