• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हिमेश पन्तको चेतावनी – मेरो सुरक्षामा केही भए कानुनी जिम्मेवारी महेश बस्नेतले लिनुपर्छ


  • धनकुटा खबर
  • .

देशमा कानुनी शासन व्यवस्था कायम छ। कानुनको दायराभित्र रहेर बोल्ने, विचार व्यक्त गर्ने, व्यंग्य–जोक गर्ने, आलोचना र विरोध गर्ने अधिकार हरेक नागरिकको मौलिक हक हो। यो कुरा एमाले सचिव पदमा रहेका महेश बस्नेत जस्तो जिम्मेवार व्यक्तिलाई अवगत नहुने विषय होइन।

तर पछिल्लो समय उहाँले विभिन्न सार्वजनिक मञ्चहरूमा बारम्बार मेरो नाम जोडेर निराधार आरोप लगाइरहेको कुरा मैले स्पष्ट रूपमा देख्दै र सुन्दै आएको छु। विचार व्यक्त गर्नु अपराध होइन, तर झुटा आरोप र धम्की लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन।

आज मैले आफ्नो धारणा सार्वजनिक रूपमा राखेकै कारण महेश बस्नेतको टिमबाट धम्की आएको जानकारी पाएको छु, जुन अत्यन्तै गम्भीर विषय हो।

अबदेखि यदि मेरो ज्यान वा सुरक्षासँग सम्बन्धित कुनै पनि किसिमको खतरा, क्षति वा अनहोनी भयो भने, त्यसको सम्पूर्ण नैतिक तथा कानुनी जिम्मेवारी महेश बस्नेत र उहाँको टिमले लिनुपर्नेछ भन्ने कुरा म स्पष्ट रूपमा अभिलेख गराउन चाहन्छु।

म डरका कारण मौन बस्ने छैन, तर कानुनको सीमाभित्र रहेर सत्य बोल्ने आफ्नो अधिकारबाट पनि पछि हट्ने छैन।
हिमेश पन्त🙏

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖