• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं। गोरखा क्षेत्र नम्बर १ बाट नेकपा युवा नेता तथा सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शहीद लखन गाउँपालिका वडा नम्बर ९ निवासी कृष्ण लामिछानेले नेकपा पार्टी परित्याग गर्दै कांग्रेसमा आबद्ध भएका हुन्।

लामिछाने यसअघि वाइसीएल इन्चार्जको जिम्मेवारीमा रहँदै आएका थिए। उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गोरखा–काठमाडौँ सम्पर्क समितिका सभापति जनार्दन अर्यालले लामिछानेलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।

पार्टी प्रवेशपछि बोल्दै लामिछानेले कांग्रेसमा पछिल्लो समय देखिएको नेतृत्व परिवर्तन, संगठनात्मक सक्रियता तथा पार्टी सभापति गगनकुमार थापा प्रधानमन्त्रीका उम्मेदवार बनेपछि कांग्रेसप्रति आकर्षण बढेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖