• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन नजिकिंदै गर्दा तीन प्रमुख दलका शीर्ष नेताहरू बिच भेटघाट


  • धनकुटा खबर
  • .

काठमाडौ । निर्वाचनको पूर्वसन्ध्यामा तीन प्रमुख दलका शीर्ष नेताहरू अपासमा भेटघाट गरेका छन्। विश्वस्त स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धन र रणनीतिबारे गम्भीर छलफल भएको स्रोतले जानकारी दिएका छन्। भेटमा अध्यक्ष ओलीले केही क्षेत्रमा एमालेको जित सुनिश्चित गर्न सहयोगको अपेक्षा राखेको दाबी गरिएको छ।

तर, यस भेटघाटबारे देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता व्यक्त गरेका छन्। उनले भने, ‘म काठमाडौं बाहिर छु, यो विषयमा मलाई जानकारी छैन, भेटघाट भएको होइन होला, म भोली मात्र काठमाडौं आउँछु।’ एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।

सूत्रका अनुसार झापा, दाङ लगायतका क्षेत्रहरूमा एमालेले सहयोगको अपेक्षा गरेको बताइन्छ। गगन थापाले विशेष महाधिवेशनमार्फत सभापति बनेपछि ओली, देउवा र दाहालबीच यो भेट भएको हो। नेताहरूले यस विषयलाई सार्वजनिक गर्न चाहेका छैनन् भने दाहालका प्रेस संयोजक गोविन्द आचार्यसँग सम्पर्क गर्दा मोबाइल अफ रहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖