• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीको घम्साघम्सी, ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका टोलीसँग प्रहरीको लफडा परेको छ ।

भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशाासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा प्रसाईं समूहसँग लफडा भएको हो ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीकोठीसम्म र्यालीको लागि अनुमति दिइएको थियो । तर, बाटो नै बन्द गरेर सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको उनले बताए ।

प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार ५–७ सय को हाराहारीमा रहेका दुर्गा प्रसाईं समूहले बाटो नै रोकेपछि तितरबितर पारिएको हो । उनले तीन जनालाई नियन्त्रणमा लिइएको समेत जानकारी दिए । प्रहरीका अनुसार लछारपछारमा कोही पनि घाइते भने भएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖