• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिक बन्दसूचीबाट हटाइए ७६ जना


  • धनकुटा खबर
  • .

काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ ।

साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएकाे जानकारी दिएकाे हाे ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका,प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका,निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका,पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖