काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच बिहीबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीबीच भेटवार्ता भएको दुवैतर्फको सचिवालयले पुस्टि गरे पनि उनीहरूबीच के कुरा भयो भन्ने खुलाइएको छैन ।
