• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीय बालिकाको निधनप्रति बोल्यो रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको खबरले स्तब्ध भएको बताएको छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले स्तब्ध र मर्माहत भएको बताएको हो । साथै उक्त घटनालाई पार्टीले गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टी पङ्क्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गरेको छ ।

चुनावी प्रचार प्रसारको क्रममा बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको गाडीले ठक्कर दिँदा ज्यान गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖