• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ज्ञानेन्द्र शाहीलाई मतदाताले खुकुरी देखाएर खेदाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही गृह जिल्लामै लखेटिएका छन् । प्रतिनिधि सभा सदस्यको लागि जुम्लाबाट उम्मेद्वार बनेका उनलाई तातोपानी गाउँपालिकाका स्थानीय जनताले खुकुरी देखाउँदै लखेटेका हुन् ।

बताइएअनुसार चुनावी प्रचारको लागि शाहीको समूह हिजो साँझ लिताकोट पुगेको थियो । तर त्यहाँका जनताले ०७९ को निर्वाचनमा मत दिएर जिताउँदा पनि केही गर्न नसकेको भन्दै शाहीलाई ‘जुन बाटो आएको हो, त्यही बाटो फर्किनुस्’ भनेका हुन् । सो क्रममा वातावरण तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरेर माहोल साम्य पारेको बताइन्छ ।

यद्यपि, शाहीले भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीको समूहले नियोजित रुपमा आफूहरुको कार्यक्रम बिथोलेको दावी गरेका छन् । भण्डारीका कान्छा ज्वाइँ समेत पर्ने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष धर्मराज रावतसहितका युवाहरुले स्थानीयलाई उकासेको शाहीको आरोप छ ।

‘आदारणीय दाजु नरेश भण्डारीका कान्छा ज्वाइँ एक्कासी तरवार लिएर आउनुभयो’, उनले भनेका छन्, ‘प्रहरीको सहयोगले हाम्रो ज्यान बच्यो, हामी ठूलो दुर्घटनाबाट बचेर फर्क्यौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖