• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको बताइएको छ ।

उपसभापतिको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖