• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यी दुई नेता एमालेमै फर्किए


  • धनकुटा खबर
  • .

घनश्याम भुसाल नेतृत्वको एकीकृत समाजवादी पुनर्गठन अभियानका सचिव धर्म निरौला सहितका नेताहरू नेकपा एमालेमा फर्किएका छन्।

नेकपा एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा सक्रिय रहेका पुराना नेता निरौला पुनः आफ्नो मूल पार्टी एमालेमा फर्किएका हुन्।

निरौलासँगै पुनर्गठन अभियानका केन्द्रीय सदस्य चिरञ्जीबी भट्टराई पनि एमालेमा प्रवेश गरेका छन्।

धर्म निरौला लामो समय नेकपा एमाले सुनसरीको नेतृत्वमा रहेर जिल्ला सचिव तथा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनी संविधानसभा सदस्य समेत रहिसकेका छन्।

एमाले फर्किने निर्णयबारे प्रतिक्रिया दिँदै निरौलाले देश गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेको बताए।
उनले भने, “देश सङ्कटमा फस्न लागेको छ। यस्तो अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता देखिएको छ।”

निरौलाले ‘नयाँ’को नाममा देश नै जोखिममा पर्ने अवस्था सिर्जना भएको दाबी गर्दै, अहिले आपसी गुनासो र मतभेदभन्दा माथि उठेर एमालेमा फर्किएको स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖