• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’ समूहका २५ जना पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट ‘द डेन्जरस स्कुल’ (THE DANGEROUS SKULL) नामक समूहमा आबद्ध २५ जना युवाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए।

‎‎उनका‌ अनुसार वीरेन्द्रनगर–३ तातापानीमा आधारित सो समूहले स्थानीय प्रशासनको अनुमति बिना कालो र सेतो रङको झन्डा बोकी मोटरसाइकल र्‍याली निकालेको थियो । ‎‘र्‍यालीका क्रममा होहल्ला गरी सार्वजनिक शान्ति भङ्ग गरेको र आसन्न निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्यहरू गरी सुरक्षा चुनौती थप्यो,’ उनले भने ।

‎‎लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको विशेष प्रहरी टोलीले दिउँसो २: ५० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको छ ।

‎‎बुढ्थापाले निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्नेगरी बिना अनुमति र्‍याली निकाल्ने र आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताए । ‘नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले थपे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖