• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन


  • धनकुटा खबर
  • .

डोटी । फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन् ।

निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ । उनीहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

‘प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो ।

त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖