• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पुर्खौली गाउँ पुगे बालेन


  • धनकुटा खबर
  • .

जनकपुरधाम । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह आफ्नो पुर्खौली गाउँ महोत्तरीको एकडाँडा गाउँपालिका वडा नं २ एकडाँडा पुगेका छन् । चुनावी अभियानको क्रममा उनी आज सप्तरीबाट सिराहा धनुषा हुँदै उनी महोत्तरीको पुर्खौली गाउँ एकडाँडा पुगेका हुन् ।

त्यस क्रममा उनले सप्तरी सिराहा धनुषाको विभिन्न ठाउँहरूमा पुगेका थिए । सिरहाको गोलबजार, कल्याणपुर हुँदै सिराहा र धनुषाको बीचमा रहेको कमला पुलमा पुगेका थिए । त्यसपछि धनुषाको सहिदनगरको यद्दुकोहा, धनुषाधाम हुँदै जनकपुर आइपुगेका थिए । यद्यपि जनकपुरको विभिन्न ठाउँमा राखिएको निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

उनी सिधै महोत्तरीको जलेश्वर पुगेका थिए । त्यहाँ एकछिन उनले जलेश्वरनाथ महादेवको बाहिरबाटै दर्शन गरेका छन् । त्यसपछि उनी आफ्नो पुर्खौली गाउँ एकडाँडा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖