• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

निषेधाज्ञाका बाबजुद पूर्वराजालाई स्वागत गर्न राजावादीहरू एयरपोर्ट जाने


  • धनकुटा खबर
  • .

काठमाडौ ।पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्।

काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरूले विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

‘हामी पूर्वराजालाई स्वागत गर्न जान्छौं। पूर्वराजा आउने कार्यक्रमलाई लक्ष्य गरेर निषेधाज्ञा लगाएको हुनाले हामी मान्दैनौं,’ उनले सेतोपाटीसँग भने।

पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा पार्टीको ब्यानर र झन्डा प्रयोग नहुने उनले बताएका छन्। ‘हामी राष्ट्रिय झन्डा लिएर जाने हो, पार्टीको ब्यानर र झन्डा होइन,’ प्रवक्ता श्रेष्ठले भने।

पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायतका नेताहरू सहभागी हुने भनिएको छ।
प्रवक्ता श्रेष्ठले पूर्वराजालाई स्वागत गर्न मध्याह्न १२ बजे आसपास भेला हुने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖