• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिलाई लिएर उत्पन्न वि’वादमा नेपाली सेनाको स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिलाई लिएर उत्पन्न वि’वाद र त्यसमा नेपाली सेनाको स्पष्टीकरण दिंदै भनेको छ :

सेनाका अनुसार, सेना दिवसमा विदेशी सेनाका ब्यान्ड टिमले मैत्री सहभागिता जनाउनु नियमित अभ्यास हो।

नेपालले पनि अन्य देशका सेना दिवसमा आफ्ना सैनिक ब्याण्ड पठाउने गर्छ। हालै भारतको सेना दिवसमा नेपाली ब्यान्ड सहभागी भएको उदाहरण पनि दिइएको छ।

सेनाले ‘आर्मी टु आर्मी’ सम्बन्धअन्तर्गत संयुक्त अभ्यास, औपचारिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिहरू नियमित प्रक्रिया भएको बताउँदै यसलाई अनावश्यक राजनीतिक रंग नदिन आग्रह गरेको छ।

तर, आम चुनाव नजिकिँदै गर्दा यो विषय दलीय बहसको मुद्दा बनेको छ। एक पक्षले पश्चिमी शक्तिको प्रभावसँग जोडेर आलोचना गरेको छ भने सरकार र सेना पक्षले भने यो विगतदेखि चल्दै आएको परम्पराकै निरन्तरता भएको स्पष्ट पारेका छन्।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको कार्यकालमा पनि यस्ता कार्यक्रम नियमित भएको भन्दै सेनाले यसलाई चुनावी ‘मसला’ नबनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖