• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भीम रावललाई धक्का : नेकपा केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता एमालेमा फर्किए


  • धनकुटा खबर
  • .

कैलाली । फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर १ को राजनीतिक माहोल झनै तातिएको छ। यहाँ मुख्य प्रतिस्पर्धा तीन उम्मेदवारबीच हुने आकलन गरिएको छ।

भीम रावल (नेपाल कम्युनिस्ट पार्टी), दिपक साउँद (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) र भरतकुमार स्वाँर (नेपाली कांग्रेस) बीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।

निर्वाचन नजिकिँदै गर्दा रावल पक्षलाई थप चुनौती देखिएको छ। आफ्नै पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउँद सहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन्। उनीहरूले सामूहिक राजीनामा दिँदै “घर फर्किएको” घोषणा गरेका हुन्।

२०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिक उम्मेदवार बनेकी साउँद पछि नेकपा एकीकृत समाजवादी हुँदै नेकपाको केन्द्रीय सदस्य बनेकी थिइन्। एकीकृत समाजवादीमा रहँदा उनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनले मुलुकको समृद्धि र विकास एमालेबाट मात्रै सम्भव हुने निष्कर्षसहित पुनः एमालेमा फर्किएको बताएकी छन्।

एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा ले पूर्व राज्यमन्त्रीसहित प्रभावशाली नेता–कार्यकर्ता पार्टीमा फर्कनु सकारात्मक सङ्केत भएको बताएका छन्। उनले अछाममा एमालेप्रतिको जनसमर्थन बढ्दै गएको दाबी पनि गरे।

एमालेले आज चौरपाटीबाट आमसभा सुरु गर्ने तयारी गरेको छ भने नवप्रवेशी नेता–कार्यकर्ता आजैदेखि चुनावी अभियानमा सक्रिय हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖