• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ओलीको प्रश्न : सार्वभौम राष्ट्रमा विदेशी सैन्य गतिविधि किन ?


  • धनकुटा खबर
  • .

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष एवं झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले अमेरिकाको सेनाको टुँडिखेलमा भएको परेडप्रति आपत्ति व्यक्त गरेका छन्।

सोमबार दमकस्थित निवासमा शिलापत्रसँग कुरा गर्दै उनले उक्त परेडलाई “सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच” ठहराएका छन्।

अमेरिकी सेनाले नेपाली सेना दिवस र महाशिवरात्रिको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा ब्यान्ड बाजासहित प्रदर्शन गरेको थियो। ओलीले यसलाई नेपालको सांस्कृतिक र परम्परागत मूल्यमा हस्तक्षेपको सुरुवात भएको आरोप लगाए। उनले प्रश्न गरे, “हाम्रा धेरै मित्र राष्ट्रहरू छन्, कुनै एउटा मात्र राष्ट्रको सेना किन ल्याइयो?”

उनी नेपाली चाडपर्व र परम्परागत सांस्कृतिक तत्वमाथि हस्तक्षेप रोक्न सरकारलाई सजग हुन सुझाव दिएका छन्। ओलीले आफ्नो पार्टीको नीति कुनै पनि देशको पक्षमा नउभिने भएको उल्लेख गर्दै, अमेरिकी सेनाको टुँडिखेल गतिविधि राष्ट्रिय स्वाधीनता र परराष्ट्र नीतिविपरीत भएको दाबी गरेका छन्।

एमालेको घोषणापत्रमा यस्ता विदेशी हस्तक्षेप अनुकूल गतिविधिलाई स्वीकार नहुने कुरा पनि उनले सार्वजनिक गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖