• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

जेनजी अभियन्ता रक्षा बमले बालेनलाई दिइन् यस्तो जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई जवाफ फर्काएकी छन् ।

काठमाडौँ महानगरका पूर्व मेयर समेत रहेका बालेनले चुनावी प्रचारप्रसारका क्रममा विदेशी चलखेलका कारण काठमाडौँको फोहर सफा गर्न नसकिएको बताएका थिए । त्यसको जवाफमा बमले भूराजनीतिक अवस्था भएको देशमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी भएको बताइन् ।

‘संस्था कमजोर हुनु हाम्रो नीतिगत असफलता हो। नेतृत्व जवाफदेही नहुनु हाम्रो राजनीतिक संस्कारको समस्या हो। देशका समस्या एकैछिनमा वा एकैदिनमा समाधान हुँदैनन् भन्ने बुझ्नु र सोहीअनुसार आफ्ना राजनीतिक मुद्दा तय गरी समस्या पहिचान गरेर त्यसको समाधानका लागि स्पष्ट योजना बनाउनु नै नेतृत्वको पहिलो साहस हो,’उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

आफ्नो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता नगरी मित्र राष्ट्रहरूसँग सन्तुलित, परिपक्व र सम्मानजनक कूटनीतिक सम्बन्ध राख्नुपर्ने बताइन् ।

उनले स्वाभाविक चासो र प्रत्यक्ष हस्तक्षेप दुई फरक फरक कुरा भएको समेत जेनजी अभियन्ता बमले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖