• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा नेतृ डा. तोसिमा कार्की स्थानीय मतदाताको बहिष्कारमा


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्की स्थानीय मतदाताको बहिष्कारमा परेकी छन् । प्रतिनिधिसभा सदस्यको लागि ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी बनेकी उनीसँग स्थानीय मतदाताले हात मिलाउन समेत नमानेका हुन् ।

चुनावी प्रचारको लागि घरदैलो गरिरहेकी कार्कीलाई एक मतदाताले ‘तपाईले के गर्नु भयो त ?’ भन्दै र्याखर्याख्ती पारेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । जवाफमा कार्कीले ‘जे भए पनि तपाईहरुले नै जिताएको मान्छे हुँ, हात मिलाऔँ न !’ भनेकी छन् । तर ती मतदाताले मान्दैनन् । उल्टै सोध्छन्, ‘हामीले मत नदिएको हो र ? तपाईलाई थाहै छ त, तर जितेपछि कति वास्ता गर्नुभयो ?’

त्यसपछि कार्कीले विषय डाइभर्ट गर्न ‘पहिले हात त मिलाऔँ न !’ भन्दै दाहिने हात अघि सारेकी थिइन् । तर पनि मतदाताले नमानेकाे भिडियाेमा देखिन्छ । बरू रिसाउँदै फर्काउँछन्, ‘तपाईसँग म हात त मिलाउँदै मिलाउँदैन ।’

जबर्जस्ती गरे पनि मतदाताले हात मिलाउन नमानेपछि कार्की अप्ठेरो महशुस गर्दै बाटो लागेकी थिइन् ।

यसअघि गत माघ १६ गते पनि कार्की जेनजी युवाहरुको बहिष्कारमा परेकी थिइन् । त्यतिबेला भदौ २३ र २४ गतेको घटनामा घाइते भएका युवा र सहिद परिवारले नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा दीप प्रज्वलन गरेर सहिद दिवस मनाइरहँदा कार्की रास्वपाको झण्डासहित पुगेपछि युवाहरुले लखेटेका थिए ।

‘यहाँ कोही मान्छे पार्टीको झण्डा बोकर आउने हाेइन’ भन्दै युवाहरुले होहल्ला गरेपछि उनी दीप प्रज्वलनमा सहभागी नभएरै फर्किएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖