• Monday 5th of October 2026

स्कटल्याण्डलाई हराउन नेपालले पायो १७१ रनको लक्ष्य पायो


  • धनकुटा खबर
  • .

काठमाडौं। आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ।

भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए।

त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए।

त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक÷एक विकेट झारे। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖