• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्राइमरी गर्ने भनेर पैसा उठाइयो तर व्यवहारमा लागू भएन : ममता शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्।

पार्टीले तय गरेको विधि र प्रक्रिया नअपनाएको तथा प्राइमरीको नाममा आकांक्षीबाट पैसा उठाएर पनि त्यसअनुसार प्रक्रिया लागू नगरिएको आरोप लगाउँदै उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्।

समानुपातिक प्राइमरीमा तेस्रो बढी मत पाए पनि अन्तिम सूचीमा सातौँ नम्बरमा पारिएपछि असन्तुष्ट बनेकी शर्माले पार्टी निर्णयमा आर्थिक प्रभाव हाबी भएको दाबी गरेकी छन्।

यसअघि अर्का आकांक्षी प्रणय राणाले पनि प्राइमरीको नाममा उठाइएको रकम फिर्ता माग गर्दै पार्टीको आलोचना गरेका थिए।
#neepati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖