• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । दोलखामा एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश गरेका छन् ।

एमालेको विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको टोली कांग्रेसमा प्रवेश गरेको हो । ठूलो संख्यामा एमाले र माओवादीका नेता कार्यकर्ता यहाँ आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् ।

एमाले छोड्नेहरूमा उपाध्यक्ष श्रेष्ठसहित वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं.२ की पार्वती जीसी रहेका छन्। त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖