• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भोट नदिएपनि हुन्छ, काम गरेर देखाउँछौं : बालेन शाह


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

‘सुदूरपश्चिमबासीले देखेको सपना पूरा गरेरै छाड्छौँ । स्वास्थ्य,शिक्षा लगायतका समस्या समाधान गर्छौँ । दुई वर्षमा बन्ने बाटो २० वर्षमा बनेन । त्यो पूरा गर्ने हो हाम्रो एजेन्डा हो’, उनले भने, ‘कांग्रेस, एमाले हिँड्ने बाटो बनाउने हो ।

बडीमालिका यही छ किन चाहियो स्विजरल्याण्ड ? यहाँ बोल्न आएको होइन, भोट माग्न आएको होइन काम गर्न आएको हो रास्वपा ।’

उनले भोट नदिएपनि रास्वपाले काम गरेर देखाउने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖