• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साढे ३ मिनेटको भाषणमा के भने बालेन शाहले ?


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई ‘सुनजिक पश्चिम’ बनाउने पार्टीको एजेन्डा रहेको बताएका छन् ।

सुदूरपश्चिममा बुधबार आयोजित पार्टीको चुनावी सभामा करिब साढे ३ मिनेटको छोटो भाषणमा उनले भने, ‘बेली छकालै एउटा सुइना देखेको थिएँ, सुदूरपश्चिम बनेको, देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।’

उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै भने, ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो।’

बाटो निर्माणमा हुने राजनीतिक पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा समेत उनले जोड दिँए । सुदूरपश्चिमको पर्यटन सम्भावनालाई उजागर गर्दै उनले स्विजरल्याण्ड बनाउने कुरा गर्नु नपर्ने बताए।

‘स्विजरल्याण्डको बाउ बडी मालिका, रामारोशन र खप्तड नेसनल पार्क यहीँ छन्,’ उनले भने, ‘हामी नेपालीहरु माल पाएर चाल नपाएको जस्तो भयौं।’ उनले भोट भन्दा पनि आफूहरु काम माग्न आएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖