• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भक्तपुर-२: नेकपा संयुक्तका उम्मेदवार दाहालको समर्थन महेश बस्‍नेतलाई


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तका उम्मेदवार लोककृष्ण दाहाल (एलके दाहाल)ले उम्मेदवारी परित्याग गरेका छन्। उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्।

बस्नेतलाई बुधबार भक्तपुर क्षेत्र नम्वर दुईको सूर्यविनायक वडा नम्वर दुई क्षेत्रमा एमाले उम्मेदवार बस्नेतले नेता रामकुमारी झाक्री, जिल्ला अध्यक्ष बचन देउजा र कार्यकर्ताको उपस्थितिमा दाहाललाई औपचारिकरुपमा पार्टीमा स्वागत गरेका छन्। दाहाल वस्नेतलाई मत माग्न घरदैलो अभियानमा जुटेको एमाल निर्वाचन कमिटीले जनाएको छ ।

एमाले जिल्ला अध्यक्ष बचन देउजाले दाहाललाई पार्टी प्रवेश गराउँदै उम्मेदवारनै एमाले प्रवेश गर्नुले एमालेमा जनलहर आएको बताए । ‘देशको विकास गर्ने र राष्ट्रियता बोकेको पार्टी भएकाले एमालेमा जनलहर आएको हो,’ उनले भने ।

सोही क्रममा दाहालले देशेको विषम परिस्थतिमा राष्ट्रियताको पक्षमा उभिएकोले एमालेमा प्रवेश गरेको बताए । ‘देश विकास गर्ने र राष्ट्रियताको पक्षमा उभिने पाटी एमाले हो, भदौ २३ र २४ गतेको जेनजी आन्दोलन शुसासन, सामाजिक सञ्जालको खुल्ला, भ्रष्टाचारको अन्त्यका लागि भएको शान्ख्तिपूर्ण आन्दोलनमा विध्वंस मच्चाएको अबस्थामा देश बचाउने पाटीमा नलागे देश सकिन्छ भनेर एमाले प्रवशे गरेको हो’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖