• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टीका अनुसार वाचापत्र कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने चुनावी सभामार्फत सार्वजनिक गरिनेछ।

सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने ‘परिवर्तन उद्घोष’ सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि रास्वपाले बुधबार धनगढीमा ‘परिवर्तन उद्घोष’ सभा सम्पन्न गरिसकेको छ। सोही अभियानको निरन्तरता स्वरूप सुर्खेतमा वाचापत्र सार्वजनिक गर्न लागिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖