• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यी नेताहरुले गरे एमाले प्रबेश


  • धनकुटा खबर
  • .

ककनी गाउँपालिकाका नेत्रबहादुर तामाङ र शिवपुरी गाउँपालिकाका पुष्कर थापाले नेपाली कांग्रेस र नेकपा कम्युनिष्ट पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीले स्वागत कार्यक्रममा नयाँ नेताहरूलाई पार्टीमा स्वागत गर्दै स्थानीय तहमा विकास, सुशासन र जनसेवा अगाडि बढाउन एमाले एकढिक्का रहेको बताए।

नवप्रवेशी नेताहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति भरोसा जनाउँदै आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्वागत कार्यक्रममा ककनी र शिवपुरीका स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको ठूलो उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖