• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले अब घण्टी बजाउँदै प्रचार गर्न नपाउने, भौतिकरुपमा चिह्न बोक्न रोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग गर्न रोक लगाएको छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत भौतिक स्वरूपको चुनाव चिह्न प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न भनेको हो ।

विशेषगरी रास्वपाले चुनाव चिन्ह् घण्टी भौतिकरुपमा प्रयोग गर्दै आएको थियो । आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन ।
Watch On

‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड ९ड० मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖