• Monday 5th of October 2026

टी–२० विश्वकपः पाकिस्तानले इंग्ल्यान्डलाई दियो १६५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको पाँचौँ सुपर–८ खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १६५ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो। ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले। साथै बाबर आजम र फखर जमानले समान २५–२५ रनको योगदान दिए। सादाब खानले २३ रन बनाए।

इंग्ल्यान्डका लागि लियाम डासनले ३ विकेट लिए। जोफ्रा आर्चर र जेमी ओभरटनले समान २–२ विकेट लिए। आदिल रशीदले १ विकेट लिए। एक ब्याटर रनआउट भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖