• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले तीन दिनमा पाँच ठूला चुनावी सभा गर्दै, कहाँ र कहिले ?


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा चुनावी सभा गर्ने भएको छ ।

कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो । कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो । ।

कांग्रेस स्रोतका अनुसार पार्टीले ५ स्थानमा गर्ने ठूला चुनावी सभा गर्ने तयारी रहेको छ । जसअनुसार फागुन १४ गते सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ ।

त्यस्तै फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ । कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी रहेपनि मिति भने अहिले तय भएको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖