• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

तरुण दलका जिल्ला उपाध्यक्षसहित पाँच युवा एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

नुवाकोट । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नुवाकोट जिल्ला उपाध्यक्ष सन्तोष गुरुङसहित पाँच जना युवा नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

एमालेमा प्रवेश गर्नेमा सन्तोष गुरुङसँगै रमेश गुरुङ, रुपेश तामाङ, विवेक गुरुङ र साजन गुरुङ रहेका छन्। उनीहरू सबै शिवपुरी गाउँपालिकासँग सम्बन्धित हुन्।

नवप्रवेशी युवाहरूले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भई पार्टी प्रवेश गरेको बताएका छन्। साथै, उनीहरूले एमालेका युवा उम्मेदवार बद्री मैनालीको स्पष्ट विकास भिजन, सरल र मिलनसार कार्यशैली आफूहरूलाई मन परेको उल्लेख गरेका छन्।

नवप्रवेशीहरूलाई एमाले उम्मेदवार बद्री मैनालीले खादा र अबिर लगाएर औपचारिक रूपमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा उनले पार्टीभित्र युवाहरूको सक्रिय सहभागिताले विकास र समृद्धिको मार्ग अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एमालेले पछिल्लो समय जिल्लामा युवा पुस्ताको आकर्षण बढ्दै गएको दाबी गर्दै संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖