• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश, विना मगरलाई समर्थन गर्ने घोषणा


  • धनकुटा खबर
  • .

कैलाली । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।

गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी परित्याग गरी नेकपा रोजेका हुन्।

नेकपामा प्रवेशपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले क्षेत्रबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगर लाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖