• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा नेता राईले छाडे पार्टी


  • धनकुटा खबर
  • .

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् ।

टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ ।

आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖