रास्वपा सभापति रवि लामिछानेलाई धादिङमा स्वागत गर्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको भन्दै रास्वपा धादिङकी उम्मेदवार आशिका तामाङ भन्छिन् –
” मैले छिटो छिटो आफ्नो सानो मन्तव्य लेखेर लगेको थिएँ, बोल्दा खेरी “धादिङमा सुशासन स्थापना गरी , भ्रष्टाचार अन्त्य गर्न आएकि हुँ” भन्ने वाक्य भन्नू पर्ने थियो ।
तर अन्त्य शब्द चाहिँ मेरो आँखाले ठम्याउन सकेन र “भ्रष्टाचार गर्दछु” भन्ने शब्द सुनिन गएको हुँदा सम्पूर्णमा माफी माग्दछु !
एकपटकको लागि गल्ती भयो अबदेखि बोल्दा धेरै ध्यान गरेर मात्र बोल्ने छु र यस्तो गल्ती भविष्यमा नगर्ने वाचा गर्दछु।
