काठमाडौ । पार्टीभित्रका सबै आन्तरिक विमति र मतभेद बिर्सेर आगामी निर्वाचनमा सक्रिय हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ।
उहाँले पार्टी एकता र शक्ति सुदृढीकरणका लागि देशव्यापी रुपमा कार्यकर्तासँग संवाद तीव्र बनाउन निर्देशन दिनुभएको हो।
भण्डारीले व्यक्तिगत वा गुटगत मतभेदले पार्टी हितलाई असर गर्न नदिनुपर्नेमा जोड दिनुभएको छ र गाउँ–गाउँमा जनताको विश्वास जित्न परिचालन हुन सुझाव दिनुभएको छ।
