• Thursday 26th of November 2026

सेती प्रादेशिक अस्पतालमा एक महिलाले दिइन् तीन बच्चालाई जन्म


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले तीन बच्चालाई जन्म दिएकी छन्।

तिम्ल्याहा बच्चा जन्मिएको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर र बाल चिकित्सकसहितको टोलीले आमाको सफल शल्यक्रिया गरेर तीन बच्चाको जन्म भएको हो। तीन मध्ये दुई छोरा र एक छोरीको जन्म भएको हो।

डाक्टर भट्टका अनुसार दार्चुला जिल्ला घर भएकी ३१ वर्षीय गर्भवती महिलाको यसअघि दुई छोरी छन् भने यो पटक गर्भ बसेको पाँच महिनादेखि सेती अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौर नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया गरेर तीनै जना बच्चाको आठ महिनामा जन्म भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖