• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चितवन पुगेर बालेनले समर्थकहरूलाई भने- “आइ लभ यू छ क्या!”


  • धनकुटा खबर
  • .

चितवन । वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले आज चितवनमा सम्बोधन गर्ने क्रममा समर्थकहरूले उनको नाम लिएर चर्को हुटिङ गरे।

समर्थकहरूको उत्साहका कारण केहीबेर बालेनको भाषण नै अवरुद्ध भयो। हुटिङ बढ्दै गएपछि बालेन केही समय रोकिए। उनले मुस्कुराउँदै भिडलाई भने- “आइ लभ यू छ क्या!”

त्यसपछि हुटिङ झनै चर्कियो। बालेनले टाउको कन्याउँदै फेरि मुस्कुराएर भने, “बोल्नै दिँदैनन् यार!” तर समर्थकहरू रोकिएनन्।

बालेनले ठट्टा गर्दै सोधे- “म अब के गरौँ? गीत बजाऊँ? नाँचूँ?” केहीबेरपछि हुटिङ अलिक मत्थर भयो र बालेनले आफ्नो भाषणलाई अगाडि बढाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖