काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन् ।
ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीको भनाइ छ ।
अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरुप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो ।
त्यसबाट कतार, बहराइन, युएई, कुवेत, इजरायल लगायतका देशहरुमा त्रासको वातावरण सिर्जना भएको थियो ।
