• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रुपन्देहीमा राप्रपाको समर्थन कांग्रेसलाई, एमालेका विष्णुलाई धक्का


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।

प्राविधिक कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसलाई समर्थन गर्ने जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसबाट चुन्नप्रसाद शर्मा(पौडेल) प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।

राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेकोले पौडेललाई समर्थन गर्ने निर्णय गरिएको हो । यससँगै एमालेबाट उम्मेदवार बनेका विष्णु पाैडेललाई धक्का लागेकाे छ ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को सङ्गठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पङ्क्ति र आम जनसमुदायमा जानकारी गराउँदछौँ।’

यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट सुभाष पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुलभ खरेल उम्मेदवार बनेका छन् ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖