• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुई दलबीच एकता हुँदा कांग्रेस थप बलियो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)बीच पार्टी एकता भएको छ।

कांग्रेस सभापति गगन थापाले कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिएका छन्।

सामाखुसीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी दिएका हुन्।

कांग्रेस (बीपी)को नेतृत्वमा सुशीलमान शेरचन छन्। कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो।

५४ जिल्लामा बीपी कांग्रेसको संगठन फैलिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖