• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रौतहट–४ मा ४ हजार ३ सय ६९ मतगणना हुँदा ऋषि धमलालाई ६ मत, रास्वपाको अग्रता


  • धनकुटा खबर
  • .

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी छ । यहाँ चुनावी प्रचारका क्रममा विभिन्न उटपट्याङ गतिविधिका कारण चर्चामा आएका उम्मेदवार ऋषि धमलाको प्रदर्शन निकै कमजोर देखिएको छ। हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले जम्मा ६ मत मात्र प्राप्त गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन्। अन्य उम्मेदवारहरूको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा सुरु भएको छ। चुनावी प्रचारका क्रममा अनौठा शैलीका गतिविधि गरेर चर्चामा आएका धमलाको मत परिणाम भने अपेक्षाभन्दा निकै कमजोर देखिएको हो।

यस्तो छ मतपरिणाम
घण्टी चुनाव चिह्नले १ हजार १०८ मत प्राप्त गर्दै अग्रता बनाएको छ भने रुख चिह्नले ५४६ मत प्राप्त गरेको छ। त्यसैगरी तारा चिह्नले ३०७ मत पाएको छ भने सूर्य चिह्नले ६९ मत प्राप्त गरेको छ।

यसैगरी छाता चिह्नले १२ मत, हर्न चिह्नले १५ मत र माटो चिह्नले १ मत प्राप्त गरेका छन्। मोबाइल चिह्नबाट चुनाव लडेका ऋषि धमलाले भने हालसम्म जम्मा ६ मत मात्रै पाएका छन्। यस अवधिमा १ सय १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालयको मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। बाँकी मतदान केन्द्रहरूको मतगणना क्रमश: जारी रहेको छ।

निर्वाचन अधिकृतका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ भने थप नतिजा आउने क्रम जारी रहने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖