काठमाडौ । पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई शुभकामना दिँदै यो मतपरिणामलाई आम जनताको शान्त विद्रोह भनेका छन्।
बिहीबार देशैभरि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ। प्रारम्भिक मतपरिणामअनुसार ५० भन्दा धेरै सिटहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी छ।
भट्टराईले यो मतदानमार्फत नेपाली जनताले सुशासन र समृद्धिको आकांक्षा राखेको भन्दै भूराजनैतिक चुनौतीलाई समेत कुशल व्यवस्थापन गर्न र जनताका मनोकांक्षा छिटो पूर्ति गर्न पनि रास्वपालाई भनेका छन्।
