• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सर्लाही–४ को अमरेश कुमार सिंह अग्रस्थानमा, गगन थापासँगको मतान्तर कति?


  • धनकुटा खबर
  • .

सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा देखिएका छन्।

हालसम्म गणना भएको मत अनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९४ मत प्राप्त गर्दा नेकपा तर्फका उम्मेदवार रजनीश राय यादवले १२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖