• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ललितपुर-१ मा पनि कांग्रेसलाई पछि पार्दै रास्वपाले लियो अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा सुरुदेखि अग्रता कायम गरेका कांग्रेस उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता दिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरालाई पछि पार्दै रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनले सात मतको अग्रता लिएका छन्।

रास्वपाका बुद्धरत्नले ७ हजार ७१ मत पाउँदा कांग्रेसका उदयशम्शेरले ७ हजार ६४ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार चेतनाथ सन्जेलले ४ हजार २० मत पाएका छन् ।

उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले १ हजार ९०२ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ७ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖