• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

म्याग्दी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत म्याग्दी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।

विजयपछि महावीर पुनले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई विजय जुलुस नगर्न आग्रह गरेका छन्। उनले चुनाव जितिसकेपछि जुलुस निकालेर पराजित प्रतिस्पर्धीलाई उडाउनु उचित नहुने बताएका छन्।

पुनले आफ्नो स्टाटसमा बेनीमा विजय जुलुस निकाल्न कसैले पनि पैसा र समय खर्च नगर्न अनुरोध गरेका छन्। चुनावपछि सबै राजनीतिक दल र प्रतिस्पर्धीहरू मिलेर म्याग्दी जिल्लाको विकासका लागि काम गर्नुपर्ने उनको भनाइ छ।

उनले नारा, जुलुस, भोजभतेर जस्ता आडम्बरी गतिविधि आफूलाई मन नपर्ने पनि उल्लेख गरेका छन्। आफ्नो जितमा खुसी मनाउन चाहने समर्थकहरूलाई भने आफ्नो–आफ्नो गाउँघरमै साधारण रूपमा मनाउन उनले आग्रह गरेका छन्।

यससँगै स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पुनले म्याग्दी–१ बाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभामा स्थान बनाउन सफल भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖